इटालियन सिरी ए मा युभेन्टसको लागातर दोस्रो जित

everest kitchen

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए ।

नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो जितपछि युभेन्टसको २ खेलमा ६ अंक भएको छ । त्यसैगरी भेरोनाको भने २ खेलमा एक अंक रहेको छ ।