रौतहट प्रहरीद्वारा करिब ६ लाखको अबैध सामानसहित तीन जना पक्राउ

everest kitchen

रौतहट ।  जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटिएको गस्ती टोलीले करीब ६ लाख रुपैयाँको अबैध भारतीय सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतबाट भन्सार छली अबैध रुपमा मोटरसाईकलमा राखेर प्याज, आलु लगायतका सामानसहित प्रहरी गस्ती टोलीले तीनजना तस्करलाई पक्राउ गरेको हो ।

तस्करहरुबाट बरामद भएको सामान सवारी साधनसहितको कुल ५ लाख ९० हजार ४४४ रुपैयाँ मूल्याङकन गरी तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।