एभर्टनमाथि बोर्नमाउथको शानदार कमब्याक जित

everest kitchen

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टन बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

२-० ले पछाडी रहेको बोर्नमाउथले खेलको ८७ मिनेटपछि तीन गोल गर्दै एभर्टनलाई स्तब्ध बनाएको थियो । बोर्नमाउथका लागि खेलको ८७औँ मिनेटमा एन्टोनी सेमेन्योले, ९२औं मिनेटमा लेविस कुकले र ९६औं मिनेटमा लुइस सिनिसटेराले गोल गर्दै जित दिलाएका थिए ।

त्यसैगरी एभर्टनका लागि यस अघि खेलको ५०औं मिनेटमा माइकल कीन र ५७औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गरेका थिए ।

यो जितपछि बोर्नमाउथको ३ खेलमा ५ अंक भएको छ । यस अघि लगातार दुवै खेलमा बराबरीमा रोकिएको बोर्नमाउथको यस सिजनमा यो पहिलो जित हो । त्यस्तै एभर्टन भने लगातार तेस्रो खेलमा पराजित हुदै पुछारमा रहेको छ ।