पुजनले ल्याइन नयाँ तिजको कोशेली ‘हे आमा भन्न मिलेन’

everest kitchen

काठमाडौं । हरितालिका तिजको अवसरमा गायिका पुजन काफ्लेले नयाँ गित ‘हे आमा भन्न मिलेन’ बजारमा ल्याएकी छन् । सार्वजनिक गीतको शब्द सिर्जना र संगीत गायक आफैले दिएकी छन् । गितको म्युजिक एरेन्ज संजीव बराइलीले गरेका छन भने मिक्सिङ प्रकाश मिश्रको रहेको छ।

सार्वजनिक भिडियोमा गायक काफ्रलेसँगै स्मारिका दाहाल, संस्कृती भुजेल र एलिजा काफ्लेको बेजोड नृत्य देख्न सकिन्छ । निर्देशक प्रविण थापाको निर्देशन रकोरियोग्राफी रहेको भिडीयोको छायांकन सरोज शाही र टिमले गरेका हुन । भने कलर र सम्पादन निरन्जन केसीले गरेका हुन्। भिडियो गायक काफ्लेकै अफिसियल च्यानलबाट बजारमा आएको छ।