थारु कल्याणकारीणी सभा मलेसियाको अध्यक्षमा ज्ञानचन्द्र चौधरी

everest kitchen

थारु कल्याणकारीणी सभा मलेसियाका चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
यहि मिति २ सेप्टेम्बर २०२४का दिन नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको कार्यालयमा सम्पन्न अधिवशेनले ज्ञानचन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित कार्यसमितिमा क्रमशः अध्यक्ष ज्ञानचन्द्र चौधरी ( सुनसरी ) , उपाध्यक्ष रामकुमार थारु “आरके“ ( बाँके ) , उपाध्यक्ष मंगल चौधरी ( बर्दिया ) , महिला उपाध्यक्ष राधा राना चौधरी ( बुटवल ) , महासचिव अजय चौधरी ( सुनसरी ) , कोषाध्यक्ष आशिष चौधरी ( चितवन ) सचिव प्रकाश चौधरी ( सप्तरी ) रहेका छ्न ।
त्यस्तै सदस्यहरुमा रंजन चौधरी ( कपिलवस्तु ), गोकणर् चौधरी ( कैलाली ), सुवास थारु ( कपिलवस्तु ), सबिता चौधरी ( चितवन ), चन्द्र चौधरी ( कैलाली ), सुनिता पछलडङ्गिया ( कैलाली ), कृष्ण दङ्गोरिया थारु ( कपिलवस्तु ) सदस्य / सांस्कृतिक संयोजक, केशव चौधरी ( नवलपरासी ) रहेका छ्न । संस्थाका मलेसियाको संस्थापक / संरक्षकमा घनश्याम चौधरी “आरएन“ र संस्थापक प्रमुख सल्लाहकारमा मनिराम थारु , प्रजेश चौधरी र सल्लाहकारमा आरपी चौधरी , रमेश कुमार पजियार थारु , शिवनन्दन चौधरी रहेका छ्न ।