एनआरएनए मलेसिया बिवादमा, अध्यक्ष र महासचिवको अनुउपस्तिथिमा अर्को अध्यक्ष चयन

everest kitchen

क्वालालम्पुर । गैर आवासीय संघ (एनआरएनए) मलेसिया २०२३-०२५ कार्य समितिमी बिवादमा फसेको छ। शनिबार एनआरएनए मलेसियाको कार्यालयमा कार्यकारी अध्यक्ष बिनोद थापा र महासचिव टिकाराम अधिकारीको उपस्थिती बिना नै भएको बैठकबाट प्रथम उपाध्यक्ष आर के महतो लाई कार्यकारी अध्यक्ष चयन गरे पछि अहिले बिवादित बनेको छ।

२०२३ जुलाईमा सम्पन्न अधिवेशन बाट बिनोद थापाको नेतृत्वमा कार्य समिती बनेको थियो भने अधिवेशन पुर्व थापा र महतो बिछ एकरएक बर्ष नेतृत्व लिने सम्झौता भएको थियो।

सम्झौता पत्र

त्यसै सम्झौता अनुसार नेतृत्व हेरफेर गर्ने सम्झौता भए पनि महासचिव र अध्यक्ष बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष हरुको अनुपस्थितीमा बैठक बसी महतोलाई नेतृत्व चयन गरेका थिए।

त्यस्तै महतो नेतृत्व चयन भए पछि महासचिव अधिकारी ले ‘अनाधिकृत बैठक र नयाँ अध्यक्षको अवैध चयन सम्बन्धमा’ बिषय राखी प्रेस वक्तव्य जारी गर्दै नयाँ अध्यक्षको चयन अमान्य रहेको वक्तव्यमा उल्लेख गरेका छ।

प्रेस वक्तव्य

नयाँ अध्यक्ष चयन पछि बिवादित बने पछि एनआरएनए मलेसियाले गर्ने भनिएको तिज विशेष कार्यक्रम पनि स्थगित गरेको महिला संयोजक ईन्दी बस्नेत ले जानकारी गराइन।