२२ तारिख एनआरएनए मलेसियाको आधिकारीक कार्यक्रम हैन ः एनआएनए मलेसिया

everest kitchen

यहि सेप्टेम्बर २२ तारिख एनआरएनए मलेसिया शाखाको हवाला दिदै दशैं, तिहार, छठको कार्यक्रम भन्दै निम्तो बाडिएपछि संस्थाका महासचिव टिकाराम अधिकारी र बरिष्ठ उपाध्यक्ष इन्द्रनारयण लिम्बु हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम संस्थाको आधिकारीक नभएको जानकारी दिएका छन् ।
‘गैरआवासीय मलेसिया का कार्यकारी अध्यक्ष श्री बिनोद बहादुर थापाको व्हाट्सएप मार्फत कार्यसमितिमा आएको राजीनामा पछि हाम्रो संस्था भित्र हालैका घटनाक्रमहरूलाई सम्बोधन गर्न चाहन्छौं ।
प्रथम उपाध्यक्ष राकेश प्रसाद महतोले केहि प्रतिनिधिको छुट्टै समूह बनाएर उहाहरु बीच पूर्व सहमतिका आधार देखाई अध्यक्ष पद स्वघोषित गरिएको थाहा पाइएको छ, यद्यपि, यो दाबी हाम्रो स्थापित प्रक्रियाहरूसँग मेल खाँदैन । संगठनमा कार्यकारी अध्यक्षको राजिनामा स्वीकृत नभईसकेको र नयाँ अध्यक्ष चयन गर्न दुई तिहाइ समर्थन नपुगेको अवस्था रहेको छ । तसर्थ हामीले उक्त समुहले गरेको कुनै पनि बैठकलाई मान्यता दिँदैनौं भनि ७ सेप्टेम्वर २०२४ मा प्रेस विज्ञप्ति निकाली सकेका थियौ ।
उक्त समूहले यहि २२ सेप्टेम्वर २०२४ का दिन बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको जानकारीमा आएको छ, यो एनआरएनए मलेसियाको बैधानिक र आधिकारिक नभएको जानकारी तपाईहरु विभिन्न संघ-संस्था, सरकारी अधिकारी, बुद्धिजीवी तथा सामाजिक कार्यकर्ताहरू सबैलाई फेरी पनि जानकारी गराउदछौ ।
हामी हाम्रो संगठनात्मक दिशानिर्देश र सिद्धान्तहरू पालन गर्न प्रतिबद्ध छौं, र हामी यस संक्रमणकालीन अवधिमा तपाईंको समर्थनको कदर गर्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
यता आरके महतो पक्षधरले भने यहि सेप्टेम्बर २२ तारिख संस्थाका बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा दशैं, तिहार, छठ कार्यक्रम भन्दै निम्तो बाडेर कार्यक्रममा सहभागि हुन आह्वान गरिरहेको छ ।
‘संस्थामा सहमतिका अवस्था कत्तिको छ ?’ भनेर सोधिएको प्रश्नमा एक पदाधिकारी भन्छन् । ‘यो हाम्रो संस्था भित्रको समस्या हो, बाहिरको मान्छे आएर बोल्नु जरुरी छैन, हामि झगडा हैन छलफल गरेर, मिलेर अगाडी बढ्छौं ।’