कटहरियामा राहत वितरण

everest kitchen

सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया नगरक्षेत्र अन्तर्गत सयौं परिवारलाई राहत वित्तरण गरिएको छ । हालै आएको अबिरल वर्षासँगै लालबकैया नदीको बाढीले प्रभावित परिवारलाई सरकारको निर्देशन अनुसार नगरपालिकाबाट तत्कालको लागि राहत बितरण सुरु गरिएको हो ।

मंगलवार एक कार्यक्रमको आयोजना गरी कटहरीया नगरपालिका वडा  २ जमुनिया , छेदी चोक टोलका प्रभावित ६१ परिवार लाई मेयर अजय प्रकाश जैसवाल द्वारा राहत बितरण गरिएको हो ।

यस्तै वडा ४ अन्तर्गत २२० परिवार लाई राहत बितरण जारिरहेको मेयर जैसवालले जानकारी दिएका छन्।

नगरपालिकाबाट तत्कालको लागि राहत स्वरुप प्रती परिवार १ वोरा चामल , दाल, त्रिपाल लगायतका सामग्री बितरण भईरहेको नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले जानकारी दिएका छन्।
उक्त अवसरमा मेयर जैसवालले अबिरल बर्षासंगै लालबकैया नदीको बाढीले बालीनाली क्षतिभएका किसानलाई क्षतिपूर्ति दिलाउन पहल जारी रहेको बताएका थिए ।

गत बिहिबार देखि परेको अबिरल वर्षासँगै नदीमा आएको बाढीले नदीको बाँध फुटेर कटहरिया नगरपालिका अन्तर्गत सैयौं परिवार प्रभावित भएको थियो भने दर्जनौँ किसानको धान तथा उँखु बालीमा क्षती पुगेको थियो। बाढी र वर्षाले जिल्लाभरिका ५५ सय ९५ मानिस तत्काल बिस्थापित हुनुका साथै झण्डै साढे तीन हजार बिगाहा क्षेत्रफलमा लगाइएको बालीमा क्षती पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ ।