काठमाडौंँ । मलेसियामा घरेलु कामदारका रूपमा काम गर्ने एक कम्बोडियाली महिलाले कम्बोडियाली सरकारका नेताहरूको आलोचना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको टिप्पणीका लागि उनलाई पक्राउ गरी देश निकाला गरिएको छ ।
कम्बोडियाका जेल अधिकारीले बिहीबार मलेसियामा लामो समयदेखि काम गर्दै आएकी ३६ वर्षीय नुओन तोयुनलाई कम्बोडियाली सरकारको अनुरोधमा मलेसियाली अधिकारीहरूले गत हप्ता पक्राउ गरेको बताएका छन्।
कम्बोडियाको जेल विभागका प्रवक्ता नुथ सोभानाले नुओन तोयुनलाई मंगलबार कम्बोडिया आइपुगेपछि नोम पेन्हस्थित प्रि सार जेलमा राखिएको जानकारी दिए । उनीमाथि अपराध गर्न उक्साएको वा सामाजिक अव्यवस्था निम्त्याएको र जातीय धर्म वा राष्ट्रियताका आधारमा भेदभाव गर्न उक्साएको आरोप लगाइएको उनले बताए।
दुवै अभियोगमा दोषी ठहरिएमा उनलाई पाँच वर्षसम्म जेल सजाय र जरिवाना हुन सक्छ ।