नेपाल तामाङ घेदूङ मलेसियाद्वारा दुई जना सम्मानित, नयाँ अध्यक्षमा बिक्रम वाइबा तामाङ

everest kitchen

 

नेपाल तामाङ घेदुङको चौथो अधिवेशन तथा १९ औं बार्षिकोत्सव कार्यक्रममा मलेसियामा रहेका नेपाली समुदायमा विशेष योगदान पु¥याउने दूई जना सम्मानित भएका छन् ।
सामाजिक काममा विशेष योगदान पु¥याए बापत पूर्ण लिम्बु र पत्रकारिताबाट श्रमिकहरुको आवाज समाजमा पु¥याउकोमा पत्रकार घनश्याम थाश्र (आरएन) सम्मानित भएका हुन ।
अधिवेशन कार्यक्रममा नेपाल तामाङ घेदूङको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । जसमा बिक्रम वाइबा तामाङको अध्यक्षतामा बिभिन्न कार्य समिति पदाधिकारीहरु चयन गरिएको हो जसमा बरिष्ठ उपाध्यक्ष छेवाङ पाख्रिन, उपाध्यक्ष सुमन पाख्रिन तामाङ, उपाध्यक्ष सुमन स्याङतान, महिला उपाध्यक्ष सम्झना तामाङ, महासचिव सबिन लोप्चन तामाङ, सचिव संजिव तामाङ स्याङबो, महिला सचिव डिना मोक्तान, कोषाध्यक्ष जिबी तामा, सहकोषाध्यक्ष नबराज रुम्बा तामाङ, सदस्यहरु नाम्लाङ बोम्जन, दीपक थिङ तामाङ, सुशि मोक्तान, राजु योन्जन, नवराज थिङ तामाङ, पेमा स्याङ्तान तामाङ, शर्मिला दोङ तामाङ, लालबहादुर थिङ तामाङ, शान्त गोले तामाङ, सुनिता पाख्रिन तामाङ, छिरि रम्बा तामाङ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाका अध्यक्ष बिपीन राईले नयाँ चुनिने पदाधिकारीहरुलाई अग्रिम बधाई तथा शूभकामना दिदै जातिय संस्थाले जातिय रितिरिवाज र आवाजहरुमा मात्र नभई सामाजिक काममा पनि उत्तिकै योगदान दिनसक्नुपर्ने बताउदै महासंघ र तामाङ घेदूङको सहकार्य सदैव सराहनिय रहेको र आगामि दिनमा पनि उत्तिकै रहने विश्वास जताए ।
नेपाल तामाङ घेदूङ मलेसियाको निवर्तमान अध्यक्ष मिलन थिङ तामाङले आफूले आफ्नो कार्यकालमा सकेसम्म सबैसँग मिलेर अगाडी बढ्न कोशिस गरेको र आफ्नो टिमले संस्थाको बिकासमा सकेसम्मको काम गरेको बताउदै आफू संस्थाको सक्रिय पदबाट बिदा भएपनि अब आउने समुहलाई सपलताको शूभकामना ब्यक्त गरे ।
कार्यक्रममा थारु कल्याणकारी सभाका अध्यक्ष ज्ञानचन्द्र चौधरी, पत्रकार त्रिलोचन गौतम, एमाले भातृसंगठनका अध्यक्ष दयाराम कूमाल र नेपाल तामाङ घेदूङका संघीय परिषद सदस्य मिलन तामाङले शूभकामना मन्तब्य राखेका थिए ।