मलेसियाको मलक्कामा भवन भत्किँदा एक विदेशी कामदारको मृत्यु, दुई घाइते

everest kitchen

क्वालालम्पुर । मलक्काको जालान बुकिट सेनजुआङमा भवन भत्किँदा एक विदेशी कामदारको मृत्यु भएको छ भने अन्य दुई जना बाँच्न सफल भएका छन् ।

मलक्का तेन्गाह जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त क्रिस्टोफर पाटिटका अनुसार साँझ ६ बजे भएको घटनामा २२ वर्षीय जिदान भनिने बंगलादेशी नागरिकको मृत्यु भएको छ । उनी कंक्रिट खम्बाको भग्नावशेषबीच खाडलमा फसेको अवस्थामा फेला परेका थिए ।

त्यस्तै पाकिस्तानी नागरिक जुबैर अहमद र अब्बास गुलामको घाँटी, काँध र टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुलाई पनि घाइते अवस्थामा भग्नावशेषबाट बाहिर निकालिएको थियो ।