बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघसंस्थाद्वारा ६ लाख सहयोग

everest kitchen

यहि असोज १२ गते नेपालभर बिध्वसं मच्चाएको बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघ संस्था मिलेर ६ लाख सहयोग गरेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, टेकरी सिस्नेरी खोलामा आएको बाढी पहिरोमा परी वत्सला माविमा सञ्चालन भईरहेको एन्फा एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीहरु अनुप घलान, दिवस वानियाँ, साइमन योञ्जन, रियान्स आचार्य, आदित्य बलपाकी र बिकल रेग्मीको मृत्यु भएको थियो ।


मलेसियामा रहेका संस्थाहरु एनआरएनए मलेसियाको सयोजकत्वमा नेपाल ब्यवसायी समाज मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, भोजपुर एकता समाज मलेसिया लगायत संस्थाहरुबाट आर्थिक रकम संकलन गरि बितरण गरिएको थियो ।
एन्फा एकेडेमीका बिद्यार्थी खेलाडी भएको नाताले एनआरएनए मलेसियाका महासचिव टीकाराम अधिकारीले एन्फा नेपालका अध्यक्ष पंकच बिक्रम नेम्वाङलाई कार्यालयमै गएर रकम हस्तान्तरण गरेका थिए ।
मलेसियामा तथा नेपालमा आपद बिपद तथा बिभिन्न सांस्कृतिक कार्यहरुमा मलेसियामा रहेका बिभिन्न संघ संस्थाहरु मिलेर यसैगरी सहकार्य गर्दै आएका छन् ।