विशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ बर्षिय किशोरीलाई जवर्जस्ति करणी गरेको घटना वाहिरिएको छ । भंगाहा घर भएका ३० बर्षिय अटो चालकले घरमा लगेर जवर्जस्ती करणी गरेको तिन दिनपछी खुलासा भएको हो ।
किशोरीको स्वास्थ्य अवस्था विग्रदै गएपछी अभिभावकहरुले सोधीखोजी गर्दा जवर्जस्ती बलात्कृत भएको वाहिरिएको थियो ।
छोरीले आफू बलात्कृत भएको वताएपछि घटनाबारे पीडित परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा शुक्रबार उजुरी दिएका छन । बर्दिबास–१४ मा डेरा गरी बस्ने उक्त ३० बर्षिय पुरुषले किशोरीलाई मङ्गलबार कामको निहुँ बनाएर आफ्नै भाडाको कोठामा लगेर जबर्जस्ती गरेको पीडित परिवारको गुनासो छ ।
घटनाबारे सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय बर्दिबासले पीडित युवतीलाई स्वास्थ्य परिक्षणको लागि बर्दिबास अस्पताल पुर्याएको छ । परिवारले बलत्कार नै भएको दावी गरेतापनि घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान अगाडि वढाईएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले किटानी जाहेरी दिएका अटो (सफारीचालक) प्रहरीलाई सूचना आएपछी कोठामा नरहेको र उनको खोजी गरिरहेको ईलाका कार्यालय प्रमुख रेवतिरमन पोखरेलले जानकारी दिए ।