बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्दही ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि पोखराबाट सोमबार रूपन्देही ल्याएको हो ।
संसदीय समितिको कारवाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज ७ गते नै पक्राउ गरिएको थियो ।