तेहरान, ३ मंशिर । इरानका सर्वोच्च नेता खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन् ।
खामेनीले आफ्नो राजगद्दी छोरा मोज्ताबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन ? केही अन्तराष्ट्रिय समाचार संस्थाहरुले दावी गरिरहेका छन् कि खामेनी ठीक छैनन र हाल उनी कोमामा उपचाररत छन्।
त्यसैले खामेनीका छोरा मोज्ताबालाई इरानको सर्वोच्च नेताको कमाण्ड दिइएको छ । मोजतबाले आफ्नो बुबा जीवित रहुन्जेल पदभार ग्रहण गर्न सक्ने छन्। तर, सर्वोच्चको नेतामा मोजतबा निर्वाचित हुने बारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन । यो कुरा अहिले गोप्य राखिएको छ ।
८५ वर्षीय आयातोल्लाह अली खामेनी बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ । उनी गम्भीर रोगबाट पीडित छन् । त्यसैले उनले जिउँदै आफ्नो उत्तराधिकारी छानेका हुन । मोजतबा अली खामेनीका दोस्रो छोरा हुन्।
को हुन् मोजतबा ?
मोज्ताबा खामेनी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका दोस्रो र कान्छो छोरा हुन्। उनले सन् १९८७ देखि १९८८ सम्म इरान–इराक युद्धमा भाग लिएका थिए । मोजतबाको जन्म सन् १९६९ मा मशहदमा भएको थियो । उनले स्नातक पछि धर्मशास्त्र अध्ययन गरे। यसपछि सन् १९९९ मा उनले कोममा पढेर मौलवी बनेका थिए ।
आफ्नो बुबा जस्तै उनी इस्लामिक मामिलामा जानकार छन्। सन् २००९ मा उनी इरानमा जारी विरोध प्रदर्शनलाई कडा दमनका कारण पहिलो पटक चर्चामा आएका थिए । यस प्रदर्शनमा धेरै मानिस मारिएका थिए। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोज्ताबा खामेनी इरानको अर्को सर्वोच्च नेता चुनिएका छन् । यो समाचार धेरै चर्चामा छ र यसले दूरगामी प्रभाव पार्न सक्छ।
कसरी निर्वाचित भए मोज्ताबा ?
मोजतबाको चुनाव एकदमै गोप्य ढंगले गरिएको थियो, रिपोर्टमा इरानको एसेम्बली अफ एक्सपर्ट्सका ६० सदस्यले अली खामेनीको मागमा बैठक बोलाएको दाबी गरिएको छ । यो बैठकमा के हो भन्ने कुरा पनि सदस्यहरुलाई थाहा थिएन । बैठकमा पुगेपछि तत्कालै गोपनियताका आधारमा उत्तराधिकारी टुंगो लगाउन सदस्यहरूलाई निर्देशन दिइएको थियो । सभासदलाई बैठक गोप्य राख्न चेतावनी दिइएको थियो । जसका कारण अहिलेसम्म यो खबर बाहिर आउन सकेको छैन् ।