काठमाडौंले दियाे जनकपुरलाइ १०२ रनको सामान्य लक्ष्य

everest kitchen

काठमाडौं ।  काठमाडौं गुर्खाजले जनकपुर रोयल्सविरुद्ध १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

 

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतकाे अाजकाे दाेस्राे खेलमा १०२ काे मात्र लक्ष्य दिएकाे हाे ।

 

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर १०१ रनको योगफल तयार गर्न सफल भयाे ।

 

काठमाडौंका लागि जेरार्ड इरास्मसले २२ बलमा दुई चौकासहित २० रनको योगदान गरे । त्यस्तै कप्तान करण केसीले १९ रन बनाउँदा ओपनर स्टेफन इस्किनाजीले १७ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

काठमाडौंलाई कम रनमा रोक्न ललित राजवंशीले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहम्मद मोशिनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट हासिल गर्दा किशोर महत्तो, अरनिको यादव र शेर मल्लको नाममा एक विकेट रह्यो ।