एनपीएलः कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

everest kitchen

काठमाडौं, ४ पुस ।  कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा खेलमा कर्णालीले जनकपुरलाइ सामान्य लक्ष्य दिएको हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनमात्रै बनाउन सक्यो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडेका थिए भने देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाउन सफल भए ।

बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले क्रमशः २–२  हर्ष थाकर र शेर मल्लले १–१ विकेट लिन सफल भएका थिए । यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।