काठमाडौं, ७ पुस । ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ ।
प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पारित गरेको हो ।
विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।