विशाल बस्नेत
महोत्तरी, १० पुस। पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि वढदै गएका छन ।
अस्पतालले उपलब्ध गराउदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै गएका हुन ।
`पर्याप्त जनशक्ति भएतापनी सामान्य रगत जाँचको लागि वाहिर जानू पर्दो रहेछ,` स्थानिय विनोद लामाले भने, ´अस्पतालको व्यवस्थापकिय पाटोको कमजोरीले विकृति बढिरहेको पाईयो ।´
अचम्मलाग्दो त कहाँनिर छ भने कर्मचारीहरुले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार वनाएका छन ।
अस्पताल परिसरवाट बाहिर निस्केपछी झण्डै एक दर्जन औषधि पशल, प्याथोलोजी ल्याव, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ । वाहिरपट्टी वाक्लै देखिने क्लिनक र औषधी पसलहरुले अस्पताल आन्तरिक रुपमा कति खोक्रो छ भन्ने जोफकोहीले सहजै अनुमान लगाउन सक्छन ।
अस्पतालको वाहिरी गेट देखी परिसरको गेटसम्म ३० मिटरको दुरीमा एक दर्जन स्वास्थ्य क्लिनक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन ।
यसमध्ये कतिपय खुल्लमखुल्ला देखिन्छन भने कतिपय गुपचुप खोलेको छन । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोपाईटर सियाराम महतो फार्मेसी इन्चार्ज छन ।
`भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रुपमा अस्पताललाई प्रयोग गररिएको रहेछ,´ अर्का सेवाग्राही रमिला प्रधानले भनिन, `निक्कै ठुलो विकृति रहेछ ।´
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवद्वन सम्बन्धी कुनै पनी क्रियाकलाप गर्न नपाईने स्पष्ट व्यवस्था छ ।
तर खुलेआम वाक्लै संख्यामा खुलेका फार्मेसीले अस्पतालको व्यवस्थापकिय पाटो माथी नै गम्भीर आसंका उत्पन्न गराएका छन् ।
अस्पतालका प्रबक्ता जगत खडका अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यदपी यथेष्ट सुविधाहरु परिसर भित्रै रहेको जिकिर गर्छन ।
तर सोमवार कयौ सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्यावमा गएका देखिन्थे । यही विषयलाई लिएर विनोद लामाले प्रबक्ता खडकालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराईरहेका थिए ।
अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्यावका संचालक विजय महतोका अनुसार भित्र मेसिनहरुले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पुर्ण जाँच गर्ने गरिन्छ ।
महतोले एकजना वाहिरी डाक्टर समेत राखेका छन । `कहिलेकाँही विरामीहरु सिधा यहाँ आउनुहुन्छ अनि यतैवाट डाक्टर वोलाउछौ । पहिले- पहिले भित्रवाट पनि डाक्टर सापहरु वोलाउने गर्दथ्यौ,´ महतोले भने ।
त्यस्तै हयापी फार्मेसीका संचालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन ।
`भित्र औषधिहरु नपाईने भएकाले वाहिर सवै औषधि पाउनेगरी राखेको हौ ।´ संचालक महतोले भने । `सकेसम्म सेवाग्राहीहरु टाढा जान नपरोस भन्ने अभिप्राय हो ।´
तर सेवाग्राहीहरुलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानिय उर्मिला घिमिरे वताउछिन ।
अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्याउन नसक्दा अस्पताल वरपर नै मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरु खुलिसकेका छन भने अझै खुल्ने क्रममा छन ।
यतिमात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिकिल्निकहरुले त प्रयोगशाला नै राखेर सेवाग्राहीहरुलाई अस्पताल जान वाटो छेक्ने गर्दछन ।
सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिकिल्निकहरु निर्वाध संचालन भैइरहेका छन ।
तर अस्पतालमा यति धेरै वेथितीहरु देखिएतापनी जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरु मौन देखिन्छन । अस्पतालमा भएका विकृतिहरुको विषयमा जानकार रहेको वताउदै क्रमशः सुधार गर्दै अगाडि वढीरहेको अस्पतालका प्रबक्ता जगत खडकाको दावि छ ।
केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्विकार गर्दै ल्याव इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने वताए ।
तर सेवाग्राहीहरु यस्तो वहाना हरेक विभागमा वनिरहने गुनासो गर्छन । बर्दिवास-३ कि उर्मिला घिमिरे यदि सोझो वन्यो भने सवै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य वनाउने गुनासो गरिन ।
यसैलाई फाईदा उठाएर वाहिरवाट आएर किल्निक खोल्ने क्रम समेत वढेको छ । परिणामस्वरूप लाहान अल्ट्रासाउन्ड किल्निक भर्खरै खुलेको छ ।
आफुलाई डा.प्रमोद साह वताउने यस्का प्रोपाईटरले भित्र दिने सवै सुविधा याँहा पाईने वताए ।
बाहिर निजि अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिवास अस्पताललाई लक्षित गरेर औषधी पशल तथा किल्निकहरु खोलेका छन् । अस्पतालको कमजोर व्यस्थापन र सेवाप्रवाहलाई मध्यनजर गर्दै यस्तै किल्निक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो । उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन । बर्दिवास ल्यावोटरी रिलाईवेवल नामले संचालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाईदा उठाएर पैसा कमाउने अस्त्र वनाएको देखिन्छ ।
नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पशल तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी वनाईरहेको देखिन्छ ।
यता बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको वेथितिहरुको तत्कालै अनुगमन गर्ने वताएका छन् । अस्पतालका कर्मचारीहरुले त्यसरी औषधि पशल र किल्निक खोल्नु गलत भएको वताउदै तत्काल छानबिन प्रक्रियालाई अगाडी समेत वढाउने प्रतिवद्वता जनाए ।