अमेरिकामा भूपेन्द्र साढे ५ लाखसहित सम्मानित

everest kitchen

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार युएस डलर) नगदसहित सम्मान गरेको छ ।

अमेरिकामै भएको २ छुट्टै प्रतियोगितामा १ स्वर्ण र ३ रजत गरी ४ पदक जित्दै नेपालको प्रतिष्ठा अभिबृद्धि गरेवापत भूपेन्द्रलाई सम्मान गरिएको हो ।

तमु परिवार न्युयोर्कद्वारा आयोजित ल्होछार २०८१ को उपलक्ष्यमा भएको कार्यक्रममा भूपेन्द्रलाई ३ हजार युएस डलर सहित तमु परिवार अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति न्युयोर्क एसेम्बली मेम्बर जिल्ला ३० का स्टेभेन राघ र तमु परिवार न्युयोर्क इन्ककी अध्यक्ष मनीतादेवी गुरुङले भूपेन्द्रलाई नगदसहित अवार्ड प्रदान गरे ।

त्यस्तै ह्याप्पी किचन रेस्टुरेन्ट न्यूयोर्कका प्रोपाईटर वीरेन्द्र गुरुङले भूपेन्द्रलाई १ हजार युएस डलरसहित प्रशंसा पत्र प्रदान गरे ।

भूपेन्द्रले डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए । भूपेन्द्रले त्यसअघि क्यालिफोर्नियामा नोभेम्बर ९ तारिखमा भएको १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए ।