मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङले माघे सङ्क्रान्ति बिशेष-२०२५ आयोजना गर्दै

everest kitchen

पेनाङ । मगर मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङले नेपालीहरुको महान चाड माघे सङ्क्रान्तिको अवसर पारेर माघे सङ्क्रान्ति बिशेष-२०२५ आयोजना गर्ने भएको छ । पेनाङको बायान बारु स्थित सनसाइन मार्केट हलमा आयोजना हुने कार्यक्रममा नेपालबाट आउने कलाकार लयायत मलेसियामा रहेका स्थानीय नेपाली कलाहरुको प्रस्तुती रहने मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङका अध्यक्ष विरास पुन मगरले बताए ।

अध्यक्ष पुनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा यो पर्वलाई बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन रहेको बताए । उनका अनुसार मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ ।

कार्यक्रममा नेपालबाट आउने कलाकारहरु गायिका रुचा पुन मगर र कञ्चन पुन मगरको बिषेश प्रस्तुती रहने छ । कार्यक्रमलाई सफलता पूर्वक आयोजना गर्न एन पेनाङ एफसीले बिषेश सहयोग गर्ने भएको छ । कार्यक्रममा मलेसियामा स्थापना भएका अन्य जातिय संस्था, सामाजिक संस्था, ब्यवसायिक संस्था, राजनीतिक संस्था लगायतका संघ(संस्थाहरुको प्रतिनिधिहरु लयायत मलेसियामा कार्यरत नेपालीहरुको उपस्थिती रहने भएको छ ।