काठमाडौं, २१ पुस । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ ।
आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन ।
बैठकमा हरेक केन्द्रिय सदस्यलाइ बोल्ने मौका प्रदान गर्दै ३–३ मिनेटको समयसिमा निर्धारण गरिएको छ ।
साथै, बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी गठन गरेको जानकारी दिइएको छ ।