प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

everest kitchen

काठमाडौं, पौष २२ । प्रि ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढेको छ । यससँगै सूचक २६०१.०९ विन्दुमा आएको छ । ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

२९ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८३ वटा कारोबार भएको हो ।