एपीएफ र संकटा बराबरीमा रोकिए

everest kitchen

काठमाडौं, २९ पुस । संकटा क्लब र नेपाल एपिएफ क्लब बराबरीमा रोकिएका छन् ।

एन्फा यु–१६ को लिगमा सोमबार भएको खेलमा दुवै टिम १–१ को बराबरीमा रोकिएका हुन ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफका लागि उत्सव थापा र संकटाका लागि पेम्बा तामाङले एक एक गोल गरेर खेल बराबरीमा रोकेका हुन ।

खेलको पहिलो हाफको २८औं मिनेटमा उत्सवको गोलमार्फत एपिएफले अग्रता लिएको थियो भने दोस्रो हाफको ७०औं मिनेटमा पेम्बाले जवाफी गोल गर्दै संकटालाई खेललाइ बराबरीमा ल्याएका थिए । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेन् ।

यो जीतसँग एपिएफले ४ खेलबाट ८ अंक जोडेको छ भने संकटाको समान खेलबाट ५ अंकमा सिमित भएको छ ।