सरकारले तोक्यो दुई न्यायधिसको नयाँ जिम्मेवारी

everest kitchen

काठमाडौं, २९ पुस । सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ ।

गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायधिसलाइ नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

उनका अनुसार राजश्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोकिएको छ भने  विशेष अदालत काठमाडौँको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोकिएको उनले जानकारी दिए ।