पेरिस, ३ माघ । फ्रान्सबाट एउटा ठूलो खबर बाहिर आएको छ ।
फ्रान्सबाट एक प्रमुख सैन्य गुप्तचरीको जानकारी लीक भएको छ। फ्रान्सको गोप्य सैन्य आधार शिविर र ४ आणविक पनडुब्बीसँग सम्बन्धित संवेदनशील सूचना चुहिएको खबरले विश्वभर सनसनी फैलाएको छ । अचम्मको कुरा यो हो कि यो सम्पूर्ण घटनाको पछाडि एक फिटनेस एपले काम गरेको छ।
फ्रान्सेली सैन्य पनडुब्बीमा बस्ने केही अधिकारीहरूले फिटनेस एप प्रयोग गरेका थिए। यस फिटनेस एप मार्फत पनडुब्बीको स्थान मात्र नभई यसको स्थिति र गस्ती गतिविधिसँग सम्बन्धित जानकारी पनि बाहिरिएको छ । खासमा, यी पनडुब्बीहरूले कहिले र कुन समयमा गस्ती गर्छन् ? यसको जानकारी पनि एपबाट लीक भएको छ ।
यस फिटनेस एपको नाम स्ट्राबा हो। यो पनडुब्बीको चालक दलद्वारा प्रयोग गरिएको थियो। चार पनडुब्बी जसको डाटा लीक भएको छ, तिनीहरूमा १६ वटा आणविक मिसाइलहरू रहेको खुलेको थियो । यी पनडुब्बीहरूलाई ब्लाक बोटसको नाम दिइएको छ। यदि रिपोर्टहरूमा विश्वास गर्ने हो भने यी पनडुब्बीमा हिरोशिमा र नागासाकी भन्दा १००० गुणा ठूलो विनाश निम्त्याउने शक्ति रहेको छ।
फ्रान्सले यी पनडुब्बीहरूलाई फिनिस्टेयरस्थित ब्रेस्ट हार्बरमा लुकाएर राखेको थियो। यसको नाम आइल लॉन्ग पनडुब्बी बेस हो। यहाँ २००० भन्दा बढी फ्रान्सेली सैन्य कर्मचारीहरू रहदैँ आएका छन । यो बेसलाई फ्रान्सको सबैभन्दा गोप्य विमान स्थलको रूपमा मानिन्छ । यो सम्पूर्ण क्षेत्र २४ घण्टा क्यामेरा र ड्रोनको निगरानीमा रहन्छ। यस बेसमा मोबाइल फोन बोक्न पनि निषेध गरिएको छ। मोबाइल बेसको चेक प्वाइन्टमा जम्मा हुन्छन, जसले गर्दा कसैलाई यसको स्थान थाहा हुँदैन।
तर, पनडुब्बीका चालक दलमा रहेका ४५० भन्दा बढी सैन्य अधिकारीहरूले स्ट्रभा एप प्रयोग गरेको दाबी गरिएको छ । आफ्नो फिटनेस जाँच गर्न, उनीहरूले अनजानमा आफ्नो सम्पूर्ण तालिका एपमा साझा गरेका थिए । जसका कारण पनडुब्बीको बारेमा जानकारी पनि सबैका अगाडि आयो । एप प्रयोग गर्ने सबै अफिसरहरूले पनि आफ्नो प्रोफाइल सार्वजनिक राखेका थिए, ताकि सबैलाई यसको बारेमा थाहा होस्।
फ्रान्सेली पत्रिका ले मोन्डेका अनुसार यो एप फ्रान्सका लागि मात्र नभई रुस र अमेरिकाजस्ता धेरै ठूला देशका लागि पनि खतरा बन्न सक्छ । वास्तवमा फ्रान्स, रुस र अमेरिकालगायत धेरै देशका राष्ट्रपति र प्रधानमन्त्रीका अंगरक्षकहरूले पनि यो एप प्रयोग गर्छन्। यस्तो अवस्थामा एपमार्फत उनीहरुको लोकेसन पनि लिक भइरहेको जनाएका छन ।