सैफ अली खानमाथि हमला ‘गर्ने’ संदिग्ध पक्राउ

everest kitchen

मुम्बई, ४ माघ । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथी शुक्रबार भएकाे हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गरेको छ ।

 

प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएकाे छ । उनलाइ बान्द्रा प्रहरी चाैकीमा लगिएकाे छ । तर, प्रहरीले उनकाे पक्राउका बारेमा कुनै जानकारी दिएकाे छैन् ।

 

 

प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २ः३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो।

यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताएका थिए । उनको शल्यक्रिया गरेर निकालिएको छ । यो भागलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि रहेका छन् ।