ृकाठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ ।
गत शुक्रबार देखि सुरू भएको बैठक एकदिन लम्बिएर आज सकिएको हो ।
`स्वस्थ बहसले पार्टीलाई अझ गतिशील र अझ एकताबद्ध बनाउन उर्जा र सामर्थ्य प्रदान गर्दछ, प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले भने, `तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदनहरुमाथिको छलफल सकिएको छ। ` उनका अनुसार अब केही बेरमा पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक हुदैँछ।