यस्ताे रहेकाे छ मंगलबारकाे विदेशी मुद्राको विनिमयदर

everest kitchen

काठमाडौ, माघ १५ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ४६ पैसा कायम गरिएको छ ।
सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५६ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १७३ रूपैयाँ १८ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८२ र बिक्रीदर ८७ रूपैयाँ २० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९६ रूपैयाँ ४५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०१ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ८१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ९८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर ३६५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३६७ रूपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।