विदेशी मुद्राको विनिमयदर सार्वजनिकः अमेरिकी डलको भाउ बढ्यो, युरोको भाउ घट्यो

everest kitchen

काठमाडौ, माघ १६ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलरको भाउ २८ पैसाले बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ १४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । यसअघि मंगलबार डलर एकको खरिददर १३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ४६ पैसा कायम गरिएको थियो ।
मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार ८८ पैसाले घटेको छ । मंगलबार युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५६ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । यसअघि यसको खरिददर १७२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १७३ रूपैयाँ १८ पैसा थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३२ र बिक्रीदर ८६ रूपैयाँ ६९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ९६ रूपैयाँ २८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर १९ रूपैयाँ १३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ८९ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३१ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ९३ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ०१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।