प्रेस चौतारी सल्यानमा नयाँ नेतृत्व

everest kitchen

काठमाडौं, २३ माघ। प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ ।

त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् ।

 

सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने
केन्द्रीय प्रतिनिधिमा शंकर केसी र शिवा डाँगी निर्वाचित भएको जनाईएको छ।