काठमाडौं, २९ माघ । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ ।
यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो ।
आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर निस्कने मौका पाएनन । बस प्रोग्रेसोबाट शहर आउँदै थियो।
यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिनको बिदाको घोषणा गरेका छन् ।