प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे

everest kitchen

बुटवल, २९ माघ । प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित भएकी छिन् ।

 

संगठनको जिल्ला अधिवेशन तथा २६ औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा केशव भण्डारी र समावेशी उपाध्यक्षमा छाया पन्थलाई चयन भएका छन ।

 

साथै, सचिवमा विष्णु घिमिरे, सहसचिवद्वय प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्य चयन हुन पुगेका छन ।

 

अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । अधिवेशन उद्घाटन गर्दै बस्नेतले प्रेस चौतारी नेपाल सधैँ भरि श्रमजीवी जनताको पक्षमा रहेको बताए । श्रमजीवीको अधिकारको लागि संगठन सधैँ लडिरहेन उनको भनाइ थियो ।