बिद्युतको तार सर्ट भई १ घरमा आगलागि : लाखौंको क्षती,५ चौपायाको मृत्यु

everest kitchen

रौतहट २९ माघ।  सर्लाही जिल्ला स्थित गएराती बिद्युतको तार सर्ट भएर १ घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने ५ वटा चौपायाको जलेर मृत्यु भएको छ।

स्थानिय रामनगर गाँउपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विधुतको तार सर्ट भई सोमवार राती साढे ७ बजे आगलागि हुँदा घर पुर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घर भित्र रहेको बाख्रा-५ वटा जली मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजार सहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन्।

घटनाको खबर लगत्तै  प्रहरी  चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमाण्डमा १० जनाको टोली खटि गएर  प्रहरी र स्थानीयवासीहरुको सहयोगमा १ घन्टा भित्रै  आगो पुर्णरुपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीको सूचनामा उल्लेख गरिएको छ