जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने

everest kitchen

काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भुमी सबन्धी अध्यादेशको बिपक्षमा उभिने भएको छ ।
केपी ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशका बारेमा भने सुरू देखी नै फरक मत राख्दै आएको थियो ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो अध्यादेशको बिपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

 

अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले सञ्चारकर्मीसँग भने ।