प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित

everest kitchen

महाेतरी, ३ फागुन । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महतो निर्वाचित भएका छन् ।

 

आज गौतम होटलमा भएको अधिबेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स-सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई  निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।

 

त्यस्तै सदस्यहरुमा रामेश्वर ठाकुर, शुनिता कुशवाहा, भुमिका उपाध्याय र रोशन कुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत कुमार महतोले जानकारी दिए ।