काठमाडौं, ४ फागुन । राष्ट्रियसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा बिकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्थाको आवाश्यक्ता सबन्धि प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक, २०८० र ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक, २०८० का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नेछन ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिधा भट्टराइले ‘राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) बिधेयक, २०८१ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्नेछिन् ।
साथै, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक, २०८१ माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।