काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली बिधार्थी माथी भएको धरपकडमा चासो प्रकट गरेका छन् ।
उनले नेपाली बिधार्थीलाइ जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कुटनीतिक पहल जारी राखिएको जनाएका छन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’