नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

everest kitchen

काठमाडौँ । फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धस्थित एक घरबाट फिल्मको छायांकन शुरु गरिएको हो ।

फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । यसमा नाजिर र वर्षा श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदैछन् । ३५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंपछि जुम्लामा हुने बताइएको छ ।

लक्ष्मण सुनारले निर्देशनमा बन्ने यस फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतको पनि अभिनय रहनेछ ।

फिल्मको घोषणा हुँदा मुख्य भूमिकामा अभिनेता पल शाह रहेको भएपनि अहिले उनको स्थानमा सौगातलाई लिएर छायांकन शुरु गरिएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । निसाल पौडेलले फिल्मको छायांकन गरिरहेका छन् ।