बंगलादेशका आन्दोलनकारी बिधार्थीहरूले शुक्रवार नयाँ पार्टीको घोषणा गर्ने

everest kitchen

ढाका, १३ फागुन । राष्ट्रिय नागरिक समिति (जेएनसी) र भेदभाव विरोधी विद्यार्थी आन्दोलन (एडिएसएम) का नेताहरूले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।

ढाका ट्रिब्युनका अनुसार शेख हसिनलाइ अपदस्थ गराउने बिधार्थी आन्दोलनका नेतृत्वकर्ताले नयाँ राजनीतिक दल शुक्रबार दिउँसो ३ बजे माणिक मिया एभिन्यूमा घोषणा गर्ने कार्यक्रम रहेको जनाएका छन । जेएनसीका प्रमुख आयोजक सर्जिस आलमले सोमबार साँझ ७ बजे समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी मिति घोषणा गर्ने जानकारी दिएका हुन ।

सर्जिस आलमले शुक्रबारको औपचारिक घोषणासँगै एडीएसएम र जेएनसीले जुलाई विद्रोहको भावनालाइ कायम राखेर थप अधिकारको लडाइ जारी राख्न नयाँ पार्टी गठन गरिन लागेको बताए ।

जेएनसी र एडिएसएमका नेताहरूले फेब्रुअरी ५ मा सुरु भएको ‘तपाईंको आँखामा नयाँ बंगलादेश’ शीर्षकको कार्यक्रम अन्तर्गत राय अभियान सञ्चालन गर्दै आएका थिए । खासमा सो सर्वेक्षणको उद्देश्य नयाँ पार्टीको बारेमा जनमत सङ्कलन गर्नु थियो । जेएनसीका सदस्य सचिव अख्तर हुसेनका अनुसार आइतबार दिउँसोसम्म २ लाखभन्दा बढी व्यक्तिले सर्वेक्षणमा भाग लिएका थिए ।

उनका अनुसार नयाँ राजनीतिक दल खोल्न अधिकांसले सुझाव दिए पछि जनताको प्रतिक्रिया र अपेक्षाका आधारमा पार्टीको एजेण्डा र कार्यक्रम तय गरिने भएको छ । भ्रष्टाचारमुक्त मुलुक, सुशासन, जवाफदेहिता, सामाजिक न्याय, समान अवसर, आर्थिक समृद्धि र संस्थागत सुधारलाई नागरिकले प्राथमिकतामा राखिने उनले बताए ।

‘हाम्रो नयाँ राजनीतिक पार्टीले यी बुँदाहरूमा ध्यान केन्द्रित गर्नेछ र हाम्रो एजेन्डा र कार्यक्रमहरूलाई जनताको अपेक्षा अनुरूप पङ्क्तिबद्ध गर्नेछ,’ अख्तर हुसेनले पत्रकार सम्मेलनमा भने ।

सर्वेक्षणले पार्टीको नेतृत्व चयन गर्दा इमानदारीलाई उच्च प्राथमिकतामा राखेको पनि देखाएको छ । पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न, परिवारमा आधारित नेतृत्वबाट जोगिन र सबै जातजातिका महिला र प्रतिनिधिलाई समावेश गर्नुपर्ने सुझाव दिएको छ ।

उनीहरूका अनुसा जनता दल, नोटुन बंगलादेश पार्टी, क्रान्तिकारी पार्टी, नागरिक शक्ति, छात्र जनता पार्टी, बंगलादेश क्रान्तिकारी पार्टी, गणतन्त्र पार्टी र राष्ट्रिय शक्तिलगायत सबै भन्दा सामान्य सिफारिसहरू सहित नयाँ पार्टीका लागि जुलाई क्रान्तिसँग सम्बन्धित धेरै नामहरू सुझाव आएको जनाइएको छ ।

जनताले संघर्ष, विकास र एकताको प्रतिनिधित्व गर्ने पार्टीको चिन्ह र प्रतीक पनि सिफारिस गरेका छन्। सबैभन्दा लोकप्रिय प्रतिकहरूमा उदाउँदो सूर्य, पुस्तकहरू, रूखहरू, मुट्ठीहरू र कलमहरू समावेश छन्। तर, पार्टीको अन्तिम चिन्ह भने नयाँ पार्टी दर्ता  भए पछि मात्रै तय हुने भएको छ ।

जेएनसीका स्रोतहरूका अनुसार नाहिद इस्लामले नयाँ पार्टीको संयोजकको रूपमा काम गर्न अन्तरिम सरकारको सल्लाहकार परिषदबाट राजीनामा दिन सक्ने जनाइएको छ । अख्तर हुसेन पार्टीको महासचिवको जिम्मेवारीमा आउन सक्ने जनाइएको छ । जुन उनी हाल जेएनसी मुख्य जिम्मेवारीमा रहदै आएका छन ।