केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु

everest kitchen

काठमाडौं, १४ फागुन । केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको ‘माग्ने राजा’ को सुटिङ सुरु भएको छ । बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिङ सुरु भएको हो। केदार घिमिरेको लिड रोल रहेको यो नै पहिलो चलचित्र हो ।

चलचित्रका निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ। आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहने ‘माग्ने राजा’ मा एउटा गरिबको धनी बन्ने महत्वाकांक्षालाई समेटेर कथा लेखिएको छ ।

चलचित्र आगामी तीजमा प्रदर्शन हुने निर्माता घिमिरेले बताए ।