१८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

everest kitchen

सुर्खेत, १४ फागुन । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ निवासी १८ वर्षीय रोशन पोख्रेललाई रक्त क्यान्सर  पुष्टि भएको छ । उनी हाल कक्षा १२ मा अध्ययनरत छन् ।

रोशनकाे बानेश्वरस्थित सिभिल अस्पतालको बेड नम्बर २३१ मा करिब १५ दिनदेखि उपचार भइरहेको छ । गम्भीर राेग लागेकाे पुष्टि भएपछि उनकाे परिवार चिन्तामा परेकाे छ । आर्थिक अभावका कारण उनकाे उपचारमा सहयाेग गर्न परिवारले अपिल गरेकाे छ ।

उनको परिवार, जो कृषि पेशामा आबद्ध रहेका छन्, आर्थिक अवस्थाको कमजोरीका कारण महँगो उपचार खर्च वहन गर्न संघर्षरत छन् । डाक्टरका अनुसार, उपचारका लागि अस्पतालमै रहनुपर्ने भएकोले यो परिवारका लागि अत्यन्त चुनौतीपूर्ण स्थिति उत्पन्न भएको छ ।

यस कठिन परिस्थितिमा बिरामीको जीवन बचाउनका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । तपाईंको सानो सहयोगले रोशनलाई नयाँ जीवनको आशा दिन सक्छ ।

सहयोग गर्न सकिने खाताहरू
Esewa: 9863505919 (RAM PRASAD POKHREL)
Global IME Bank: 31507010008144 (RAM PRASAD POKHREL)
Registered Mobile Number: 9810542583
सम्पर्क: Ramprasad Pokhrel (मोबाइल: 9863505919)

कृपया, सकेसम्म धेरै जनासम्म यो अपिल पुर्याइदिनुहोस् र रोशनको उपचारका लागि सहयोग गरिदिनुहोस् ।

May be an image of text