अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

everest kitchen

काठमाडौं, १८ फागुन । अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आइतबार एन्फा महासचिव किरण राईले रससँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

‘हामी उनको नेतृत्वमा अगाडि बढ्ने रोमाञ्चक यात्राको लागि तत्पर छौं। स्वागत छ म्याट,’ एन्फाले भनेको छ ।