काठमाडौ, फागुन २१ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको भाउ १७ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ९३ पैसा कायम गरिएको छ । मंगलबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ५० पैसा र बिक्रीदर १४० रूपैयाँ १० रहेको थियो ।
बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४६ रूपैयाँ ५५ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ १८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७७ पैसाले बढेको हो । यसअघि मंगलबार एक युरो खरिदमूल्य १४५ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ १९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७३ र बिक्रीदर ८७ रूपैयाँ ११ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १६ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रूपैयाँ १० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४८ पैसा र बिक्रीदर ४५३ रूपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।