काठमाडौ, फागुन २२ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ ४९ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४४ पैसा कायम गरिएको छ । बुधबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ९३ रहेको थियो ।
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ९३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ७४ पैसाले बढेको हो । यसअघि बुधबार एक युरो खरिदमूल्य १४६ रूपैयाँ ५५ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ १८ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७८ रूपैयाँ ११ पैसा र बिक्रीदर १७८ रूपैयाँ ८८ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १२ पैसा तथा बिक्री दर १९ रूपैयाँ २० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६१ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०९ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ९६ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ९१ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६९ रूपैयाँ ८९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।