काठमाडौ, फागुन २८ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको भाउ १९ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम गरिएको छ । यसअघि मंगलबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसामा कारोबार भएको थिायो ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५१ रूपैयाँ ७२ पैसा र बिक्रीमूल्य १५२ रूपैयाँ ३७ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ४३ पैसाले बढेको हो । यसअघि मंगलबार एक युरो खरिदमूल्य १५१ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४३ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा तथा बिक्री दर १९ रूपैयाँ ३३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २१ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०ड पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३१ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४५३ रूपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।