काठमाडौँ । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा स्पेनिस क्लब रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । यस अघि पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।
यस खेलमा म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेजले ह्याट्रिक गरेका थिए भने डिओगो डलोटले एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ६३औं मिनेटमा जोन आरामबुरुले रातोकार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा समिति भएको थियो ।
अब क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोनको सामना गर्ने छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल १० र दोस्रो लिग अप्रिल १७ मा हुने छ ।