‘मिसन–२०२६’ को समिक्षा

everest kitchen

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् ।

मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे ।

राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औ एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदकका लागि सन्चालन गरेको विशेष प्रशिक्षणमा आएका समस्याको समाधान तत्काल गर्न निर्देशन पनि दिए ।

कार्यक्रमा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता बृद्धि हुदै गएको प्रतिवेदन पेश गरेका थिए। विशेष प्रशिक्षणमा ११ खेलका ४६ जना पुरुष र ५३ जना महिला खेलाडी सहभागी छन्। खेलाडीहरुलाई २२ जना प्रशिक्षकहरुले प्रशिक्षण दिईरहेको निर्देशक दिपक विष्टले जानकारी दिएका छन्।

विशेष प्रशिक्षणमा कराते बक्सिङ, उसृ, जुडो, कवड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरु विशेष प्रशिक्षणमा छन ।