क्वालालम्पुर । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली कागजात प्रयोग गरी क्रिकेट प्रतियोगिताको बहानामा मलेसिया छिर्न खोज्ने १५ जना बंगालदेशी पक्राउ परेका छन्।
मलेसियन समाचार संस्था मलाय मेल का अनुसार यो घटना सोमबार (सेप्टेम्बर १७) का दिन भएको हो।
मलेसियाको सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सी (AKPBS) का रिपोर्ट अनुसार ती व्यक्तिहरू क्रिकेट जर्सी लगाएर विमानस्थलमा उत्रिएका थिए र आफूलाई व्यावसायिक खेलाडीका रूपमा प्रस्तुत गरिरहेका थिए। उनीहरूले पेनाङ क्रिकेट एसोसिएसन द्वारा आयोजित प्रतियोगितामा भाग लिन आएको भन्दै एउटा कागजात देखाएका थिए। तर, जाँच गर्दा उक्त कागजात नक्कली रहेको पुष्टि भयो। कागजातमा प्रतियोगिता मार्च २१ देखि मार्च २३ सम्म हुने उल्लेख गरिएको थियो, तर ती मितिमा कुनै खेल तालिका नरहेको फेला पर्यो।
अझै छानबिन गर्दा ती व्यक्तिहरू एक जना प्रायोजक (स्पोन्सर) को भरमा मलेसिया प्रवेश गर्न खोजिरहेको पत्ता लाग्यो। तर, भनिएको स्पोन्सरले क्रिकेट प्रतियोगिता बारे कुनै जानकारी नरहेको बताए। उनले आफू विमानस्थलमा कम्पनी प्रतिनिधि को रूपमा मात्र उपस्थित रहेको स्पष्ट पारे।
नजिकबाट जाँच गर्दा पक्राउ परेका १५ मध्ये कोही पनि वास्तविक क्रिकेटर नभएको पुष्टि भयो। उनीहरू मलेसियामा अवैध रूपमा प्रवेश गर्न सिन्डिकेट (संघठित गिरोह) को सदस्य रहेको खुलेको छ।
यस घटनापछि सीमा नियन्त्रण एजेन्सी ले खेलाडी भिसा दुरुपयोग गर्ने जोसुकैलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। पक्राउ परेकाहरूलाई मलेसियाली कानुनअनुसार कानुनी कारबाही अघि बढाइने बताइएको छ।