कर्णालीले दियो लुम्बिनीलाइ २०६ रनको लक्ष्य

everest kitchen

काठमाडौं, ७ चैत । कर्णाली प्रदेशले लुम्बिनीलाइ २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध कर्णालीले सो लक्ष्य दिएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा २ सय ५ रनको योगफल तयार पार्न सफल भएको छ।

 

जारी खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले लुम्बिनीविरुद्ध २ सय ५ रन जोडेको हो ।  जसमा कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडेका थिए ।

 

उता, लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिन सफल भएका छन ।

प्रतियोगितामा ६ खेलमा ८ अंकका साथमा लुम्बनी तेस्रो स्थानमा छ भने ५ खेलमा ४ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ ।